शुक्रबार ०२ कार्तिक २०८१

जिरी(दोलखा) । दोलखाको बोचमा यात्रुवाहक बस दुर्घटना भएको छ ।

आज विहान करिब ९ बजे काठमाडौंबाट चरिकोटतर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परेको हो । केहीबेर अघि भीमेश्वर नगरपालिका–८ स्थित बोचमा बस दुर्घटना भएको दोलखा प्रहरीले जनाएको छ ।

दुर्घटनामा एक दर्जनबढी यात्रुहरु घाइते भएको खबर प्राप्त भएपनि कति जना घाइते भएको हो भन्नेबारे एकिन जानकारी आउन बाँकी रहेको दोलखाका प्रहरी निरिक्षक दाताराम अधिकारीले जानकारी दिनुभयो । बस सडकबीचमै पल्टिएको कारण घाइतेहरुको अवस्था गम्भीर नरहेको बोचका वडाध्यक्ष काजी बुढाथोकीले बताउनुभयो ।

उहाँका अनुसार अहिले घाइतेहरुलाई उद्धार गरी धमाधम चरिकोटको अस्पतालहरुमा पठाउने काम भैरहेको छ । प्रदेश ३–०१ –००६ ख ०६३६ नम्बरको बस विहान काठमाडौंबाट ओखलढुंगाको सिद्धिचरण नगरपालिकाको गाम्नाङटारको लागि छुटेको थियो । बस अनियन्त्रित भएर सडकमै पल्टिएको हो ।

तस्विर सौजन्यः हरि ढकाल


Last Updated on: October 9th, 2024 at 10:33 am
३१८ पटक हेरिएको

तपाईको प्रतिक्रिया