शनिबार १२ साउन २०८१

पोखरा । हिन्दू धर्मशास्त्रमा शुक्रबारलाई काम सुरु गर्दा राम्रो बारका रुपमा हेरिन्छ । शुक्र ग्रह भोगविलास, सांसारिक सुख, प्रेम, मनोरंजन, व्यवसाय, श्रीमतीको कारक ग्रह हो । त्यसैले आफ्नो श्रीमतीलाई कष्ट दिनु, कुनै पनि प्रकारको फोहोर वस्त्र लगाउनुले शुभ तथा अशुभ फल दिने गर्छ ।

शुक्रबारको दिन देवी दुर्गाको पूजा गरिन्छ । त्यसैले यो दिन देवी दुर्गाका साथै उनका सबै अवतारको पूजा पनि गरिन्छ । महालक्ष्मी, देवी दुर्गा, वैभव लक्ष्मी, सन्तोषी माता तथा शुक्र ग्रहप्रति यो दिन समर्पित छ ।

शुक्रबार दिन सेतो वस्त्र लगाउनुहोस् । शुक्रबार घरमा तुलसीको वृक्ष लगाएर पूजा गरेमा पनि राम्रो मानिन्छ । शुक्र ग्रहमा सबैभन्दा चम्किलो र प्रेमको प्रतिक भएका कारण पनि यो बार सबै कुराले शुभ हुने धर्म शास्त्रमा उल्लेख छ ।

शुक्रवार दिन सेतो वस्त्र लगाउँदा निकै उत्तम हुन्छ भन् घरमा तुलसीको वृक्ष लगाएर पूजा गरेमा पनि राम्रो मानिन्छ । शुक्रबार चाँदी, चामल, दूध, दही, सेतो चन्दन, सेतो वस्त्र कुनै पुजारीको श्रीमतीलाई दान गर्दा फलिफाप हुन्छ भन्ने विश्वास रही आएको छ ।

घर छाडेर बाहिर हिड्दा पनि सेतो चन्दनको टिका लगाउन शास्त्रले भनेको छ । शुक्रबवारको दिन भोजनलाई जुठो बनाउनु अघि केही भाग गाईलाई पनि बाँड्न सकेको खण्डमा सुनमा सुगन्ध हुन्छ ।


Last Updated on: February 23rd, 2024 at 8:06 am
३३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया