शनिबार १२ साउन २०८१

लोकप्रिय गजल गायक पंकज उदासको निधन भएको छ। उनी ७२ वर्षका थिए

लामो समयको बिमारीपछि सोमबार उनको निधन भएको परिवारले जनाएको छ।

उनी छोरी नायाबले सामाजिक सञ्जालमार्फत उनको निधनको पुष्टि गरेकी छन्। मंगलबार उनको अन्तिम संस्कार गरिने जनाइएको छ।

केही समययता उनी गम्भीर बिरामी थिए। मुम्बईको ब्रिच क्यान्डी अस्पतालमा सोमबार बिहान ११ बजेतिर उनको निधन भएको थियो।

गुजरातमा जन्मेका उदास आफ्ना तीन दाजुभाइमध्ये कान्छा थिए। उनका दाइहरु मनहर र निर्मल दुवै गायक भए। त्यसैलाई पंकजले पनि पछ्याए।

पछि उनी गजल गायनतर्फ ढल्किए।

चिठ्ठी आई है, ना कजरे की धार, चाँदी जैसा रंग, एक तरफ उसका जस्ता लोकप्रिय गजल उनले गाएका छन्।

उनको पहिलो गजल एल्बम १९८० मा आएको थियो। त्यसयता उनले ५० भन्दा बढी एल्बम निकाले।

उनलाई प्रशंसकहरुले मखमली आवाजका धनी मान्दछन्।

जन्म सन् १९५१ मेमा गुजरातको जेतपुरमा भएको थियो। ११ फेब्रुअरी १९८२ मा फरीदासँग विवाह गरेका पंकजका दुइ छोरीहरु छन्।


Last Updated on: February 26th, 2024 at 7:45 pm
४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया