शनिबार १२ साउन २०८१

काठमाडौं । अभिनेत्री नन्दिता केसीले इन्गेजमेन्ट गरेकी छिन् ।

केही समय अघिदेखि प्रेम सम्बन्धमा रहेकी नन्दिताले सोमबार इन्गेजमेन्ट गरेको खुलाएकी छिन्। उनले सामाजिक सञ्जाल फेसबुकमा तस्बिर आफूले अरबिन्द्र कटवालसँग इन्गेजमेन्ट गरेको उल्लेख गरेकी हुन्।

पहाड र तालको सुन्दर पृष्ठभूमिमा प्रेमीसँग मन्त्र मुक्त भएर हाँस्दै इन्गेजमेन्ट गरेको तस्बिर पोस्ट गर्दै आफ्नो जीवनको नयॅा यात्राको सुरूवात गरेको बताएकी छिन्।

नन्दिताले प्रेमी अरविन्द्रले आफूलाई प्रस्ताव राखेको र आफूले ‘हुन्छ’ भनेको बताइन् । तस्बिरको क्याप्सनमा उनले लभहार्ट इमोजी उल्लेख गरेकी छन्। उनले सामाजिक सञ्जालमा पोष्ट गरेको तस्बिरमा अरविन्द्रले नन्दितालाई औंठी लगाइदिएको देख्न सकिन्छ ।

नन्दिताले आइतबार राति इन्स्टाग्रामबाट उनले आफू सम्बन्धमा रहेको उल्लेख गरेकी थिइन्, भने रिलेसनसिप स्टाटसमा ‘सिंगल’ नरहेको भन्दै उनले प्रेमीसँगको तस्वीर सार्वजनिक गरेकी थिइन् ।

नन्दिताका प्रेमी अरबिन्द्र कार्डियोलोजिस्ट डाक्टर हुन् । जनकारी आए अनुसार अभिनेत्री नन्दिता र डा अरबिन्द्र चाँडै वैवाहिक जीवनमा बाँधिने तयारी गरेको बुझिएको छ । उनीहरूले आउँदो फागुन १९ गते शनिबार विवाह गर्ने तयारी समेत गरेका छन्।

हाल अमेरिकाको नर्थ क्यारोलिना बस्दै आएका अरबिन्द्रको पुर्खौली घर विराटनगर हो । अरविन्द्र अमेरिकाको नर्थ क्यारोलिना बस्छन् भने उनको परिवार हाल काठमाडौंमा बस्दै आइरहेका छन् । यी दुईको करिब ६ महिना अघि मागी विवाह गर्ने गरी भेटघाट भएको थियो । उनीहरुको क्यानडाको ब्यान्फमा भेट गर्दे सुटुक्क इन्गेजमेन्ट गरेका थिए ।

उनको यो तस्बिरमा कलाकारसहित फ्यानले बधाई तथा शुभकामना दिइरहेका छन्।

नन्दिता पछिल्लो समय अमेरिकाको न्युयोर्कमा बस्दै आएकी छन्। फिल्म ‘इन्द्रेणी’ बाट अभिनयमा डेब्यु गरेकी नन्दिताले कैफियत, बाटोमुनिको फूल, हामी तीन भाई, युगदेखि युगसम्म, निशाना, जङ्गबहादुरको कोट, सपना, मृगतृष्णा’ लगायतका फिल्ममा काम गरेकी छिन् । नन्दिताको पछिल्लो फिल्म‘जंगबहादुरको कोट’ हो, जुन सात वर्षअघि रिलिज भएको थियो ।

नन्दिताले गायक बाबु बोगटीको ‘सान्नानी तिमीलाई’ बोलको गीतमा अभिनय गरेपछि निकै चर्चामा आएकी थिइन् । नन्दिता विवाहको लागि एक महिना अगाडि नेपाल आएकी छिन् ।


Last Updated on: February 26th, 2024 at 8:00 pm
७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया