शनिबार १२ साउन २०८१

काठमाडौं । चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा मृत भेटिएकी १४ वर्षीया शालिन पोखरेको सुसाईड नोट फेला परेको छ ।

सोही स्कुलमा कक्षा ८ मा अध्ययनरत पोखरेल प्लाष्टिकको डोरीमा झुण्डिएको अवस्थामा फागुन १२ गते मृत भेटिएकी थिईन् ।

शालिनले छाडेको सुसाइड नोट फेला पारेको अनुसन्धान अधिकृतहरुले जानकारी दिएका छन् ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार नोटमा उनले ‘सरी एभ्रिबडी, सरी ममि ड्याड’ लेखेकी छन् । सुसाइड नोटको फरेन्सिक जाँच गरिरहेको प्रहरीले जनाएको छ ।

पोखरेलको परिवारले भने उनको बलात्कारपछि हत्या भएको भन्दै छानबिनको माग गर्दै आएको छ ।


Last Updated on: March 1st, 2024 at 9:33 pm
११९४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया