शनिबार १२ साउन २०८१

काठमाडौँ । नेपाली चलचित्र ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् ।

फिल्म ‘डिग्री माइला’को केही अगाडि सार्वजनिक टिजरमा अभिनेता दयाहाङ राईको एउटा संवादमा सिजी ग्रुपले ४ लाखको अफर गर्दा पनि आफूले काम नगरेको भन्ने छ ।

उक्त संवादप्रति सिजी ग्रुपका अध्यक्ष विनोद चौधरीले प्रतिक्रिया दिएका हुन् । उनले लेखेका छन्, ‘मैले एक वर्षमा कमाउने त तपाईंले यहि एउटै फिल्मबाट कमाउनुहुन्छ होला जस्तै छ, त दयाहाङजी, हैट !’ उनले आफ्नो वार्षिक कमाइभन्दा धेरै दयाहाङले यही फिल्मबाट कमाउने भन्दै चौधरीले कटाक्ष गरेका हुन् । उनले यो पोस्टमा अभिनेता दयाहाङलाई समेत ट्याग गरेका छन् ।

‘डिग्री माइला’ आगामी नयाँ वर्षबाट प्रदर्शनमा आउनेछ । फिल्ममा दयाहाङका अलवा आँचल शर्मा, प्रकाश घिमिरे, विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, सोमनाथ खनाल, लोकेन्द्र लेखक, अनिल सुब्बा, पशुपति राई, हिउँवाला गौतम, शेखर चापागाईँ लगायतको अभिनय छ । शैक्षिक बेरोजगारीले युवाहरूमा ल्याएको निराशाको कथा फिल्मले बताउँछ ।


Last Updated on: March 1st, 2024 at 10:05 pm
९४४ पटक हेरिएको

तपाईको प्रतिक्रिया