शनिबार १२ साउन २०८१

काठमाडौँ । काठमाडौँमा जारी टी–२० त्रिकोणात्मक क्रिकेट श्रृंखलाको लिग चरणको अन्तिम खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध सनसनीपूर्ण बलिङ गरेको छ । त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको नेदरल्याण्ड्सलाई १९.३ ओभरमा नै अलआउट गरिदियो ।

नेपालले टस हारेर पहिले बलिङ गर्दै सनसनीपूर्ण प्रदर्शन गरेको हो । पहिलो ओभरमै नेपालले दुई विकेट झारेको थियो । १७.५ ओभरभित्र नै ९ विकेट लिएको नेपालले नेदरल्याण्ड्सलाई १२० रनमा नै रोक्यो । जितका लागि नेपालले अब १२१ रनको लक्ष्य पूरा गर्नुपर्नेछ । १७.५ र १७.४ ओभरमा दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए । अन्तिम विकेटपनि दीपेन्द्रकै बलमा रनआउट भएको थियो । सोमपाल कामीको हातबाट दीपेन्द्रले आठौं विकेट लिए लगत्तै अर्को विकेटपनि लिएका थिए । १४.३ ओभरमा व्यक्तिगत तेस्रो विकेट लिँदै प्रतिश जिसीले देशका लागि सातौं विकेट लिए । प्रतिश जिसीको ह्याट्रिक गरे । ९.६ ओभर र ९.५ कुशल मल्लले छैटौं र पाँचौ विकेट लिए । ८.५ र ८.१ ओभरमा प्रतिश जिसीले लगातार दुई विकेट लिएका थिए ।

करण केसीले पहिलो ओभरमा दुवै विकेट लिएका थिए । फाइनलमा पुग्न नेपाललाई यो खेलमा फराकिलो जित आवश्यक छ । नेपालको रन रेट त्यति राम्रो नभएको अवस्थामा नेपालले फाइनल प्रवेशको सम्भावना कायम राख्न फराकिलो जित आवश्यक परेको हो ।

श्रृंखलामा यसअघिका दुवै खेल जितेर नेदरल्याण्ड्स ४ अंकसहित शीर्ष स्थानमा छ । नेपाल ३ खेलबाट २ अंकसहित दोस्रो स्थानमा छ । नामिबिया ३ खेलबाट २ अंकसहित तेस्रो स्थानमा छ । नेदरल्याण्ड्सको रन रेट १.५२५ रहेको छ । नेपालको रन रेट माइनस ०.३१७ तथा नामिबियाको माइनस ०.७०० रहेको छ ।

यो अवस्थामा नेपालले फराकिलो जित हासिल गर्दा लिग चरणको अन्तिम खेलमा नेदरल्याण्ड्स र नामिबिया भिड्नु पूर्व नै नेपालले फाइनलमा स्थान सुरक्षित गर्नेछ । तर यदि नेपाल पराजित भएका खण्डमा वा झिनो जितले भने आइतबार हुने नेदरल्याण्ड्स र नामिबियाबीचको खेलको नतिजा कुर्नुपर्ने हुन्छ । नेपालले नेदरल्याण्ड्सँग झिनो हार बेहोरेको खण्डमा आइतबारको खेलमा नेदरल्याण्ड्सले नामिबियामाथि फराकिलो जित निकाल्दा पनि नेपाल फाइनलमा पुग्न सक्छ । तर नेपालले आजको खेलमा नेदरल्याण्ड्समाथि फराकिलो जित हासिल गर्दा नेपालको रन रेट मजबुद हुँदा स्वतः फाइनलमा पुग्नेछ ।


Last Updated on: March 2nd, 2024 at 1:18 pm
३६६ पटक हेरिएको

तपाईको प्रतिक्रिया