शनिबार १२ साउन २०८१

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चितवनकी बालिका शालिन पोखरेलको मृत्यु घटनामा गहिरो अनुसन्धान गर्न माग गर्नुभएको छ ।

शनिबार सामाजिक सञ्जालमा लेख्नुहुँदै अध्यक्ष ओलीले चितवनको शिशु निकेतन स्कूलको छात्रावासमा बालिका पोखरेलको शव झुण्डिएको अवस्थामा फेला परेको घटनाले आफूलाई बेचैन बनाएको उल्लेख गर्नुभएको छ ।

‘चितवनको शिशु निकेतन स्कूलको छात्रावासमा बालिका शालीन पोखरेलको शव झुण्डिएको अवस्थामा फेला परेको घटनाले बेचैन बनाएको छ । यस्तो संवेदनशील घटनामा राज्यको निकाय प्रहरीले गहिरो अनुसन्धान गरोस् । परिवार र आफन्त अत्यन्त पीडित छन् ।’ अध्यक्ष ओलीले भन्नुभएको छ, ‘यस्ता घटनालाई अनुसन्धान गर्ने निकाय भन्दा बाहिरबाट हुने हल्ला र अफवाहले असहयोग पुगिरहेको हुन्छ । हत्या वा आत्महत्या के हो, गहिरो र विश्वसनीय अनुसन्धान गरेर बाहिर ल्याइयोस् । सबैले अनुसन्धानलाई सहयोग गरौं ।’


Last Updated on: March 2nd, 2024 at 6:35 pm
३७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया