शनिबार १२ साउन २०८१

चितवन । एकता शिशु निकेतन रत्ननगरमा अध्ययन गर्ने १४ वर्षीया छात्रा शालीन पोखरेलको मृत्युको घटनाबारे चितवन प्रहरीले आज आधिकारिक रूपमा जानकारी गराएको छ ।

कार्यालयले आज विज्ञप्ति निकालेर उक्त घटनामा १४ वर्षीया छात्राले सिलिङ पंखामा डोरीको पासो लगाइ मरेको भन्ने सूचना आउनासाथ प्रहरीले सिनियर अनुसन्धान प्रहरी खटाइ सूक्ष्म अनुसन्धान गरिरहेको भन्दै प्रहरीले अनुसन्धान प्रभावित हुनेगरी समाचार सम्प्रेषण नगर्न अनुरोध गरेको हो ।

प्रहरीले घटनाको तथ्यपरक एवं वस्तुनिष्ठ अनुसन्धान कार्य जारी नै रहेको अवस्थामा घटनालाई सामाजिक सञ्जाल र सञ्चार माध्यममा सम्प्रेषित विषयवस्तुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै चितवन प्रहरी प्रवक्ता डिएसपी श्रीराम भण्डारीले अनुसन्धानमा प्रभाव पार्नेगरी कुनै विषय सम्प्रेषण गर्न अनुरोध गरेको हो ।

चितवनका प्रहरी प्रवक्ता श्रीराम भण्डारीले निकालेका विज्ञप्तिमा भनिएको छ- बालबालिकाको मृत्यु जस्तो संवेदनशील विषयलाई अत्यन्त गाम्भीरयताका साथ लिही प्रचलित कानुनले निर्दिष्ट गरे बमोजिम नेपाल प्रहरीले पेशागत मूल्य मान्यता, दक्षतार विवेक प्रयोग गरी अनुसन्धान भइरहेको र वैज्ञानिक प्रयोग तथा प्राविधिक विश्लेषण समेतको आधारमा तथ्यपरक वस्तुनिष्ठ अनुसन्धान गरिने कुरामा पीडित परिवार र सम्पूर्णमा विश्वास समेत दिलाउँछौँ ।


Last Updated on: March 2nd, 2024 at 6:43 pm
२१६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया