शनिबार १२ साउन २०८१

बाजुरा । बाजुराको एक पालिकाभित्रै महिला कर्मचारीबीच कुटाकुट भएको छ । बाजुराको बडिमालिका नगरपालिकामा कार्यरत दुई महिला कर्मचारीबीच शुक्रबार कुटाकुट भएको हो ।

मेड्पा परियोजना प्रमुख रन्जिता शाही र कविता कुमारी सूर्यबंसीबीच कार्यालयभित्रैमै कपाल ‘लुछालुछ’ र कुटाकुट भएको हो । कार्यालय र शाखाको जिम्मेवारीसहितको आन्तरिक विवादका कारण उनीहरुबीच झगडा भएको जनाइएको छ ।
कुटाकुटपछि दुबैलाई चोट लागेको छ । सूर्यवंशी भने अस्पतालमा उपचाररत छिन् । तर नगरपालिकाका नगर प्रमुख अमर खड्काले आफू कार्यक्रमकै सिलसिलामा धनगढीमा भएकाले विवादको विषय र कारण बुझ्न बाँकी नै रहेको बताएका छन् ।

उनले नगरपालिकामा विवाद भएको विषय जानकारीमा आए पनि यसको कारण छलफलपछि मात्र थाहा हुने जानकारी दिएका छन् । दुई जनाबीच व्यक्तिगत विषयलाई लिएर कार्यालयमै झगडा भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले बताएका छन् । तर, कस्तो व्यक्तिगत विषय भन्नेबारेमा उनले केहि खुलाएका छैनन् ।


Last Updated on: March 2nd, 2024 at 6:53 pm
१३११ पटक हेरिएको

तपाईको प्रतिक्रिया