शनिबार १२ साउन २०८१

अमेरिकाको डिसी क्षेत्रको भर्जिनियामा फोक्सो प्रत्यारोपणको लागि भर्ना भएकी नेपाली मूलकी महिला अनुजा शाहीको निधन भएको छ । गैर आवासीय नेपाली संघ भर्जिनिया शाखाका अध्यक्ष बिशाल कार्कीले आफ्नो सामाजिक संजालमा उनको दुखद निधन भएको जानकारी गराउनुको साथै रोग बिरुद्ध बिजयी हुन् नसकेको भन्दै दुख व्यक्त गरेका छन् । शाहीको निधन गत शुक्रबार करिव बिहान ११ बजे भएको उनले ईनेप्लिजलाई बताए ।

साथै कार्कीले मनासस निवासी हाम्रा एक नेपाली बहिनी अनुजा शाहीको हिजो बिहान निधन भएको भन्दै उनि उनी एक सच्चा योद्धा भएको लेखेका छन् ।

स्मरण रहोस ,स्व शाहीको सहयोगको लागि गैर आवासीय नेपाली संघ भर्जिनिया शाखाले गो फन्ड मी खाता संचालनमा ल्याएको थियो । संचालनमा ल्याइएको उक्त गो फन्डको लक्ष्य १ लाख डलर राखिएको छ भने मार्च २ बिहान सम्म २१९१७ डलर संकलन भएको छ ।

एनआरएनए भर्जिनिया च्याप्टर(शाखा)ले यो कोषको आयोजना गरेको थियो । उक्त गो फन्ड मी मा सुधीर सिंहले २८ वर्षीया साहसी महिला अनुजा शाही (मेरी काका/काकीकी छोरी -बहिनी) को तर्फबाट उनको बारेमा केही लेखेका थिए ।

सिंहका अनुसार उनी विगत धेरै वर्षदेखि फोक्सोको गम्भीर समस्यासँग लड्दै आएकी थिइन् । उनलाई चिकित्सकहरूले गम्भीर र तत्काल फोक्सो प्रत्यारोपण गर्न सिफारिस गरेका थिए ।

उनको उपचार भर्जिनियाको इनोभा फेयरफ्याक्स अस्पतालमा रहेको थियो । उनको देब्रे फोक्सोले काम गर्न छोडेको , र उनको दाहिने फोक्सो संक्रमित भएको थियो । चिकित्सकहरुले छिटो भन्दा छिटो प्रत्यारोपण गर्न चाहन्थे तर उनको स्वास्थ्य झन् झन् बिग्रिदै गएकोले उनि हामी सबैलाई छोडेर गएकी छिन ।

बिस्तृत जान्न यहाँ थिच्नु होला :https://www.gofundme.com/f/help-fundraising-for-poonam-lung-transplant?utm_campaign=p_cp+share-sheet&utm_medium=copy_link_all&utm_source


Last Updated on: March 2nd, 2024 at 9:03 pm
११०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया