शनिबार १२ साउन २०८१

कपिलेश्वर, नुवाकोट । पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्ने नुवाकोट लिखुका विकल्प खड्काको उपचारको क्रममा मृत्यु भएको छ ।
शुक्रबार टोखा स्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जङ्गलमा नुवाकोट लिखु गाउँपालिका वडा नम्बर १ बराफेदिका २७ वर्षीय अविवाहित खड्काले शरीरमा पेट्रोल खन्याएर आत्महत्या प्रयास गरेका थिए ।

टोखा प्रहरीको समन्वयमा घाइते खड्काको उद्धार गरी शिक्षण अस्पताल भर्ना गरिएको थियो । डाक्टरको सल्लाहमा उनको थप उपचारका लागि किर्तिपुरस्थित किर्तिपुर वर्न अस्पताल लगिएपनि उनलाई बचाउन नसकिएको बताइएको छ ।

आइसियुमा उपचाररत खड्कालाई शनिबार ११ बजे डाक्टरले मृत घोषणा गरेका थिए ।


Last Updated on: March 3rd, 2024 at 6:53 am
७० पटक हेरिएको

तपाईको प्रतिक्रिया