शनिबार १२ साउन २०८१

एजेन्सी – नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ आवद्ध क्लब एन अभान्ट ग्वेंगाम्पले सानदार जित दर्ता गरेको छ। एन अभान्ट ग्वेंगाम्पले शीर्ष डिभिजन लिगमा लिलविरुद्ध सानदार जित दर्ता गरेको हो।

लिलविरुद्ध खेलमा बलमा कम नियन्त्रण राखेपनि आक्रमणमा राम्रो गर्दै ग्वेंगाम्पले लिल माथि २-० को महत्वपूर्ण जित दर्ता गर्यो। एन्टोइन स्टारोभा र साम्बाले गोल गर्दा ग्वेंगाम्पले विजयी भयो।

पहिलो हाफमा कुनै पनि टोलीले गोल गर्न नसकेपनि दोस्रो हाफको सुरुवातमै पाहुना टोलीले अग्रता लिएको थियो। खेलको ५२ औं मिनेटमा स्टारोभाले पेनाल्टी गोल गरेकी थिइन्।

त्यस्तै साम्बाले खेल सकिनै लाग्दा मैदान प्रवेश गर्ने मौका पाइन्। उनले खेलको ८६ औं मिनेटमा मैदान प्रवेश गरेकी थिइन्। मैदान प्रवेश गरेको केहि मिनेटमै उनले गोल गरिन्।

इन्ज्युरी समयको पहिलो मिनेटमा विपक्षीबाट सहकर्मीले खोसेको बललाई अगाडी बढाएर सानदार गोल गरिन्। घरेलु टोलीकी गोलरक्षकलाई वान भर्सेस वानको अवस्थामा छक्याउँदै गोल गरिन्।

यस जितसंगै ग्वेंगाम्प अंक तालिकाको नवौं स्थानमा उक्लिएको छ। ग्वेंगाम्पले १६ खेलमा ४ जित र ९ हार सहित १५ अंक बनाएको छ


Last Updated on: March 3rd, 2024 at 7:40 am
१०३९ पटक हेरिएको

तपाईको प्रतिक्रिया