शनिबार १२ साउन २०८१

काठमाडौं । चितवनको शिशु निकेतनमा अध्ययनरत १४ वर्षीया शालिन पोखरेल मृत्युपछि गरिएको पोष्टमार्टम रिपोर्टले उनको बलात्कार नभएको पुष्टि गरेको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उनको पोष्टमार्टम भएको थियो ।

चिकित्सहरूले पोष्टमार्टम रिपोर्ट चिवतन प्रहरीलाई हस्तान्तरण गरेका छन् । रिपोर्टमा उनको मृत्युको कारण ‘झुण्डिनु’ उल्लेख गरिएको छ । मृतकका परिवारले उनीमाथि बलात्कार भएको दाबी गरे पनि पोष्टमार्टम रिपोर्टले भने बलात्कार नभएको पुष्टि गरेको हो । रिपोर्टका अनुसार उनको कन्याजाली च्यातिएको छैन ।

यो प्रकरणमा विद्यालयका प्रिन्सिपल, सहायक प्रिन्सिपल र होस्टलका वार्डेनलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । पोखरेल होस्टलमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । होस्टलमा सुसाइड नोट समेत फेला परेको प्रहरीले जनाएको छ ।


Last Updated on: March 3rd, 2024 at 3:50 pm
९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया