शनिबार १२ साउन २०८१

इन्डाेनेशियाको एउटा स्थानीय वायु सेवा बटिक एअरको एक उडानका क्रममा विमानमा भएका दुवै पाइलट निदाएको घटना सार्वजनिक भएपछि त्यसबारे छानबिन थालेको यातायात मन्त्रालयले जनाएको छ।

सूलवेसीदेखि राजधानी जकार्तासम्मकाे उडानका क्रममा एअरबस ए३२० उडानका दुवै चालकहरू झन्डै २८ मिनेटसम्म निदाउँदा विमान छोटो समयका लागि आफ्नो बाटोबाट बाहिर गएको बताइएको छ।

यद्यपि यसले सुरक्षित अवतरण गरेको थियो। विमानमा सवार १५३ यात्रु र चालकदलका सदस्य कसैलाई कुनै चोट पनि लागेन।

गत २५ ज्यानुअरीको त्यो घटनापछि दुवै पाइलटलाई निलम्बन गरिएको छ।

काठमाण्डूमा एअर अरेबियाको विमानको शौचालयमा बच्चा भेटिएको घटनाले उब्जाएको प्रश्न
२२ डिसेम्बर २०२३
‘मातेका’ यात्रुले कर्मचारीलाई टोकिदिएपछि अमेरिका उडेको विमान जापान फिर्ता
१८ जनवरी २०२४
घटना कसरी भयो
उक्त उडान सुरु भएपछि ३२ वर्षे लीडपाइलटले कोपाइलटलाई आफूलाई आरामको आवश्यकता रहेको भन्दै विमानको हेरविचार गर्न भनेको बताइएको छ। त्यसमा २८ वर्षे कोपाइलटले सहमति जनाएको यातायात मन्त्रालयको एउटा प्रतिवेदनमा उल्लेख छ।

तर केहीबेरमा कोपाइलट पनि निदाए। मन्त्रालयको प्रतिवेदनअनुसार उनकी श्रीमतीले जुम्ल्याहा बच्चा जन्माएको एक महिना मात्र भएको थियो र उनी पनि बच्चाको रेखदेखमा संलग्न थिए।

जकार्तामा रहेको एअर ट्राफिक कन्ट्रोल कार्यालयले उक्त विमानको ककपिटमा सम्पर्क गर्दा कुनै जबाफ नभएपछि घटनाबारे पहिलो पटक थाहा भएको थियो।

ट्राफिक कन्ट्रोलको सम्पर्कमा रहेको रेडिओ उपकरण २८ मिनेटसम्म मौन रहेको बताइएको छ।

जब उडिरहेको यात्रुवाहक रुसी विमान अकस्मात् खेतमा ओर्लियो…
जब दुई विमानचालकले ककपिटभित्र मुक्का हानाहान गरे
त्यसपछि लीडपाइलट बिउँझिदा उनले आफ्ना कोपाइलट निदाएको र विमान केही समयका लागि निर्धारित मार्गभन्दा बाहिर गएको पत्ता लगाएको बताइएको छ।

त्यसपछि भने उनी जकार्ता ट्राफिक कन्ट्रोलको सम्पर्कमा आएकाले विमानको सुरक्षित अवतरण गराउन सफल भएको बताइएको छ।

किन यस्तो भयोउडानभन्दा अघिको स्वास्थ्यपरीक्षणमा दुवै पाइलट उडानका लागि योग्य रहेको पाइएको थियो। उनीहरूको रक्तचाप र मुटुको गति सामान्य थियो र मदिरा सेवन नगरेको पाइएको थियो।

साथै दुवै पाइलटले पर्याप्त आराम पाएजस्तो देखिएको थियो। यद्यपि उनीहरूको विश्रामको गुणस्तर पनि राम्रो थियो भनी प्रमाणित गर्न ती परीक्षणहरू विफल रहेका उड्डयनविज्ञ एल्भिन लाईले बीबीसी इन्डोनेशिअनलाई बताएका छन्।

घटनापछि अधिकारीहरूले बटिक एअरलाई “कडा चेतावनी” दिएका छन्। इन्डोनेशियाका हवाई यातायात प्रमुख एम क्रिस्टी एन्डा मुर्नीले कम्पनीले चालकदलको विश्रामबारे थप ध्यान दिनुपर्ने बताएकी छन्।

बटिक एअरले भने आफू “पर्याप्त आरामको नीतिअनुसार नै सञ्चालनमा रहेको” र “सुरक्षासम्बन्धी सबै सिफारिस कार्यान्वयनका लागि प्रतिबद्ध रहेको” बताएको छ।

सन् २०१९ मा यसै कम्पनीको एक विमानका चालक बेहोस भएपछि विमानको आकस्मिक अवतरण गराइएको थियो।

बीबीसी इन्डोेशिअनद्वारा अतिरिक्त रिपोर्टिङ


Last Updated on: March 12th, 2024 at 8:26 am
४६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया