शनिबार १५ बैशाख २०८१

सुन्दर देखिने रहर सबैको हुन्छ, अझै अनुहार राम्रो बनाउने चाहाना सबैको हुन्छ र अनुहार चम्किलो र दागधब्बा रहीत बनाउन हामी धेरै मेहेनत पनि गरिरहेका हुन्छौ ।अनुहारका लागि हामी महँगा कस्मेटिकहरुको प्रयोग गरिरहेका हुन्छौँ ।

अझ अनुहारमा आउने चायाँ, पोतो र दागधब्बा आयो भने अनेक उपाय खोज्न थाल्छौ जसको कारण अनुहार झन् विग्रीने खतरा हुन्छ ।त्यसको समाधानको लागि हामी कस्मेटिक र औषधिको प्रयोग गर्नुभन्दा घरेलु उपाय अपनाउन सक्छौ । त्यसमा फिटकिरी लाभदायी मानिन्छ ।

फिटकिरीको प्रयोग हामी निम्न समस्यामा गर्न सक्छौः अनुहार तथा शरीरको कुनै पनि भागमा छालामा देखा परेका दागधब्बा हटाउनको लागि फिटकिरीको प्रयोग गर्न सक्छौ । त्यसको लागि दाग भएको ठाउँमा फिटकिरीले नियमित मसाज गर्नुपर्छ ।

केही समय मसाज गरेपछि चिसो पानीले पखाल्नुस् तपाईको छालामा रहेको दाग विस्तारै हराउँदै जान्छ ।त्यस्तै, यदि तपाईको शरीरमा चिलाउने, गन्हाउने जस्ता समस्या आएका छन् भने फिटकिरीले नियमित नुहाउनुपर्छ । यसले पसिनाको गन्ध कम गर्न मद्दत गर्छ ।


Last Updated on: March 12th, 2024 at 8:40 am
२७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया