शनिबार १२ साउन २०८१

काठमाडौं। ‘ऐश्वर्य’ फेम्ड अभिनेत्री दीपिका प्रसाईँले ‘प्रेग्नेन्सी फोटो सुट’ गरेकी छन् । फेसबुकमा पति दिवाकर भट्टराईको साथ फोटोहरू शेयर गर्दै ‘बच्चा जन्माउने निर्णय गर्नु अत्यन्तै महत्त्वपूर्ण’ रहेको लेखेकी छन् ।

उनले लेखेकी छन्, “बच्चा जन्माउने निर्णय गर्नु अत्यन्तै महत्त्वपूर्ण छ । यो सदाको लागि आफ्नो हृदय आफ्नो शरीर बाहिर जाने निर्णय हो । असीम आशावादी कार्य ।”

दीपिकाले चार वर्षअघि चलचित्र निर्देशक दिवाकर भट्टराईसँग विवाह गरेकी हुन् । दीपिकाले चलचित्र ‘ऐश्वर्या’बाट नेपाली रजत पटमा डेब्यू गरेकी थिइन् । यो चलचित्रका निर्देशक दिवाकर नै थिए ।


Last Updated on: March 16th, 2024 at 5:46 pm
८२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया