
काठमाडौं : चिकित्सा शिक्षा आयोगविरुद्ध दुर्गा प्रसाईंले दायर गरेको मुद्दाको सुनुवाइ सोमबार हेर्दाहेर्दैमा सकिएको छ ।
मुद्दाको सुनुवाइ मंगलबार निरन्तर हुनेछ । प्रसाईंको बीएण्डसी मेडिकल कलेजले अनुमति नपाएपछि आयोगविरुद्ध मुद्दा दायर गरेको थियो ।
कुमार चुँडाल र शारंगा सुवेदीको इजलासले आइतबारदेखि फैसला सुनुवाइ सुरु भएको हो । तीनवटा रिटलाई एकसाथ राखेर सुनुवाइ भइरहेको छ ।