शनिबार १५ बैशाख २०८१

हाम्रो चलन हुन्छ की जब दिदी बहिनी तथा छोरीको बिहेपछि बिदा हुन्छिन्, तब उनलाई धेरै उपहार दिइन्छ। छोरीलाई बिदाको समयमा उपहार दिने चलन शताब्दीयौं पुरानो हो। विभिन्न धर्ममा बेहुलीलाई बिदाइमा विभिन्न उपहार दिने चलन छ। छोरीको बिदाइको समयमा आमाबाबुले केही यस्ता शुभ चीजहरू उपहार दिन्छन्, जुन उनको भावी दाम्पत्य जीवनमा सुख र समृद्धि ल्याउने प्रतीक हो।

तर शास्त्रमा यस्ता केही शुभ र अशुभ उपहारहरूको उल्लेख गरिएको छ। यस विषयमा हामी बताउने छौँ। जुन विवाहपछि बिदाइको समयमा छोरीलाई उपहार रूपमा यस्ता बस्तु दिनु हुँदैन। यी वस्तु दान गर्नु अशुभ मानिन्छ।

अचार

छोरीलाई विवाहको समयमा मिठाईलगायत धेरै प्रकारका खानेकुरा दिइन्छ । यस समयमा सधैँ ध्यान राख्नुहोस् कि बेहुली बिदा गर्दाको समयमा अचार कहिल्यै नदिनुहोस्। यसो गर्दा उसको जीवनमा नयाँ सम्बन्धहरू खत्तम हुन सक्छ। त्यसैले छोरीलाई बिदाइमा अचार दिने गल्ती नगर्नुहोस्।

कुचो

धेरै पटक आमाबाबुले हरेक सुख सुविधाको ख्याल राख्दै छोरीलाई सबै कुरा दिन प्रयास गर्छन्। यस मामिलामा धेरै गलत कुराहरू पनि दिइन्छ। धार्मिक ग्रन्थ अनुसार छोरीलाई बिदाइको समयमा कुचो वा सरसफाइ सम्बन्धी वस्तु उपहार दिनु हुँदैन। यसो गर्दा उनको जीवनमा दुःखको दिनहरू आउन सक्छ।

सुई वा धारिलो वस्तु :
छोरीलाई बिदाइको समयमा भान्सासँग सम्बन्धित धेरै साना-ठुला चीजहरू दिइन्छ। यस समयमा, ध्यान राख्नुहोस् कि उसलाई कहिल्यै चक्कु, सुई वा अन्य कुनै पनि धारिलो वस्तु नदिनुहोस्। यसो गर्दा छोरीको दाम्पत्य जीवनमा मनमुटाब आउन सक्छ।

छान्नी

छोरीको बिहेमा भान्साकोठामा प्रयोग हुने साना-ठुला सबै सामान दिँदा छान्नी दिने गल्ती नगर्नुहोस्। छोरीलाई पिठो छान्नी उपहार दिनु गलत हो। विवाहित छोरीलाई पिठो छान्नी दिनाले दाम्पत्य जीवन दुखी बनाउँछ।


Last Updated on: March 20th, 2024 at 1:02 pm
३०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया