शनिबार १५ बैशाख २०८१

दाङ। प्युठानबाट रूपन्देहीको बुटवल जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।

रा १ ज ७६० नम्बरको टाटा सुमो र ना ५६ प १३८१ नम्बरको दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नं. १ बगासोतीमा ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका हुन् ।

घाइते भएका उनलाई भालुबाङ अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि बुटवल रिफर गरिएको छ । घाइतेको परिचय खुलेको छैन ।

भाडाको टाटा सुमोको अगाडिको सिसा फुटेको छ । त्यसमा सवार यात्रु भने सकुशल छन् ।


Last Updated on: March 20th, 2024 at 2:50 pm
५८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया