शनिबार १५ बैशाख २०८१

काठमाडौं, ७ चैत । रंगहरुको पर्व होली एकदमै नजिक आइसकेको छ । नेपालमा पहाडी क्षेत्रमा आइतबार र तराईंका क्षेत्रमा सोमबार होली पर्व मनाइने छ ।

होली रंग र खुशीको पर्व हो । सबैलाई एकअर्कामा रंग दल्ने र एकअर्कामा आपसी भाइचाराको पर्वको रुपमा लिइन्छ । तर, कतिपयलाई रङको एलर्जी पनि हुन्छ ।

यसैगरी रंगहरूमा पाइने विषाक्त पदार्थहरू तपाईं हाम्रो मुख, नाक, कान आदिमा पर्दा यसले जोखिम पनि हुने भएकाले सभ्य तरिकाले होली पर्व मनाउनका लागि सार्वजनिक अपिल पनि गरिएको छ ।

होलीको पूर्वसन्ध्यामा पनि मानिसहरु भेला भएर आगो बाल्ने (होलिका दहन) गर्दछन् । त्यसरी आगो बाल्दा धुवाँका कणका कारण फोक्सोमा असर गर्दा स्वास फेर्न पनि अप्ठेरो हुने गर्छ ।

होली खेल्न प्रयोग गरिने कृत्रिम रङ र विशेषगरी सुक्खा रंगमा विषाक्त रसायन र मट्टितेल हुन्छ जसले दमको रोग निम्त्याउन सक्छ । सबै परम्परागत रंगहरूमा हानिकारक तत्वहरू हुन्छन् जसले धेरै स्वास्थ्य समस्याहरू निम्त्याउन सक्ने भएकाले ख्याल गर्नका लागि चिकित्सकहरुले पनि अनुरोध गरेका छन् ।

होली खेल्दा ध्यान दिनुपर्ने कुराहरु

१.फेस मास्क लगाउने

दम वा अन्य कुनै रोग लागेका बिरामीले होली खेल्दा अनुहारमा मास्क लगाउनुपर्छ । तपाईंले नाक र मुख छोपिए पनि सास फेर्न सक्ने हुनुपर्छ भन्ने कुरामा ध्यान दिनुहोस् ।

२. रंगसंग खेल्नु हुँदैन

होली रंगको पर्व भए पनि अस्वस्थ मानिसहरुले सावधानी अपनाउनुपर्छ । मानिसहरूले हावामा सुक्खा रंगहरू फ्याँकेका हुन्छन्, जसले कहिलेकाहीँ श्वासप्रश्वाससम्बन्धी रोगहरूबाट पीडित मानिसहरूलाई समस्या बनाउँछ । रंगहरूमा पाइने रसायनहरूले हाम्रो नाकको भित्री भागलाई जलन गराउँछ । बेसार, गुलाब पाउडर, चुकन्दर र अन्य धेरै सामग्रीहरू जस्ता प्राकृतिक विकल्पहरू प्रयोग गरेर होली खेल्ने गर्दा केही हदसम्म यसबाट बच्न पनि सक्छि । चिकित्सकहरुले पनि कृत्रिम रंगको सट्टा प्राकृतिक र अर्गानिक रंगले होली खेल्न सुझाव दिने गरेका छन् ।

३. जाँड रक्सीको सेवन नगर्नुहोस्

रंगहरुको यो पर्व मनाउन कतिपयले जाँड रक्सीको प्रयोग गर्छन् । जाँड रक्सीको सेवनले यसै पनि स्वास्थ्यमा समस्या गर्ने भएकाले यसको विकल्पमा घरमा बनाएको फलफूल र तरकारीको जुस प्रयोग गर्दा स्वास्थ्यलाई पनि राम्रो गर्छ


Last Updated on: March 20th, 2024 at 2:58 pm
२१५ पटक हेरिएको

तपाईको प्रतिक्रिया