शनिबार २२ बैशाख २०८१

लामखुट्टेले सबै मानिसलाई उत्तिकै टोक्दैन । एक अध्ययनका अनुसार ओ ग्रुपको रक्त समूह भएका मानिसहरुलाई अन्य रक्त समूहका मानिसहरुलाई भन्दा धेरै टोक्ने बताएको छ । सन् २००४ मा ‘जर्नल अफ मेडिकल इन्टोमोलोजी’मा प्रकाशित एक अध्ययनका अनुसार अन्य रक्त समूह (ए, बी र एबी) को तुलनामा ओ रक्त समूह भएका मानिसलाई बढी नै लामखुट्टेले टोक्ने बताइएको छ ।

सो अध्ययनले बताए अनुसार ओ रक्त समूहपछि लामखुट्टेका लागि ए, बी र अन्त्यमा एबी मन पर्ने बताइएको छ । त्यसपछि लामखुट्टेले बयस्क र बालबालिकाको तुलनामा गर्भवती महिलाहरुलाई धेरै टोक्ने गरेको अध्ययनले देखाएको छ । गर्भवती महिला अन्य मानिसको तुलनामा दुई गुण बढी लामुखुट्टेको जोखिममा रहेका हुन्छन् । बढी ऊर्जा (मेटाबोलिक रेट) खर्चिने मानिसमा बढी लामखुट्टे आर्कर्षित हुन्छन् ।

ऊर्जा खर्च गर्दा अझै बढी कार्वनडाइअक्साईड निस्काशन हुन्छ । गर्भवती महिलाले अन्यको तुलनामा बढी मेटाबोलिजम निस्काशन गर्ने भएकाले लामखुट्टेले टोक्ने गरेको हो । त्यसपछि मस्क्युटो म्यागनेट जिन भएका मानिसहरुमा पनि लामखुट्टे बढि आकर्षित हुने गर्छन् ।

शरिरमा लामखुट्टेलाई आर्कर्षित गर्ने जीन छ भने पनि धेरै लामखुट्टे झुम्मिन्छन् । सन् २०१३ मा प्रकाशित जेनेटिक्स एन्ड इभोलुसनमा मानिसमा हुने ह्युमन ल्युकोसाईट एन्टिजेनले मानिसमा बढी लामखुट्टे आर्कर्षित गर्छ । यी जिनले मानिसको शरिरबाट आउने गन्धलाई नियन्त्रण गर्छन् ।

 


Last Updated on: April 23rd, 2024 at 9:01 am
२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया