शनिबार २२ बैशाख २०८१

गर्मी लागेसँगै मानिसको जीवनशैली तथा खानपानमा पनि परिवर्तन आउने गर्छ । कतिपय खानेकुराहरु जसरी जाडोमा खाइन्छ, त्यसरी नै गर्मी खानु हानिकारक पनि हुन सक्छ ।यस्तै, अन्डा पनि धेरैलाई गर्मीमा खाने कि नखाने वा कति खाने भन्ने विचार आउने गर्छ । त्यसैले आज हामी गर्मीमा अन्डाको सेवन गर्नेबारेमा बताउनेछौं ।

अन्डाभित्र थुप्रै पोषक तत्वहरु पाइन्छन् । यसमा भिटामिन ए, भिटामिन बी१२, भिटामिन डी, प्रोटिन, क्याल्सियम, जिंक, फोलेट र फस्फोरस जस्ता पोषक तत्वहरु पाइन्छन् । यी सबै पोषक तत्वहरु गर्मी वा जाडो दुवै समयमा शरीरका लागि आवश्यक पर्दछन् ।

अन्डामा भरपूर मात्रामा प्रोटिन हुन्छ जो स्वास्थ्यका लागि अत्यावश्यक हुन्छ । गर्मी मौसममा तपाईं आफ्नो शरीरको हिसाबले दैनिक एक वा दुई अन्डा खानुपर्दछ । यसले शरीरलाई कैयौं नोक्सानहरु हुनबाट जोगाउँछ ।

गर्मीमा आवश्यकता भन्दा धेरै अन्डाको सेवन गर्दा भने शरीरमा नराम्रो असर पर्न सक्छ । किनकी अन्डाले शरीरमा गर्मी बढाउँछ । शरीरमा गर्मी बढ्दा तपाईंको अनुहारमा डन्डीफोर आउने, पेटमा एसिडिटी तथा पेट पोल्ने जस्ता समस्याहरु हुन सक्छन् ।

गर्मीमा अन्डा धेरै सेवन गर्दा पाचनसम्बन्धी समस्याहरु हुन सक्छन् । अन्डाले पेटमा गर्मी बढाउँछ जसले पेट दुख्ने, अपच, ग्यास तथा कब्जियत जस्ता समस्याहरु हुन सक्छन् ।

गर्मीमा अत्यधिक अन्डाको सेवनले मृगौलामा पनि हानी पुग्न सक्छ । अन्डामा प्रोटिन धेरै हुने भएकाले धेरै सेवन गर्दा मृगौलासँग जोडिएका विरामीहरुको कारण बन्न सक्छ ।त्यस्तै, अन्डाको पहेंलो भागमा कोलेस्ट्रोलको मात्रा पनि धेरै हुन्छ । यसको धेरै सेवनले तपाईंको कोलेस्ट्रोलको मात्रा पनि शरीरमा बढ्न सक्छ ।


Last Updated on: April 23rd, 2024 at 9:06 am
३२ पटक हेरिएको

तपाईको प्रतिक्रिया