शनिबार २२ बैशाख २०८१

लसुन हामीले भान्सामा दैनिक प्रयोग गर्दै आएको चिज हो । यसलाई हामी तरकारी र दालमा बडी मात्रामा प्रयोग गर्ने गर्छौं । लसुन हाम्रो खानाको स्वाद बढाउन मात्र नभई हाम्रो स्वास्थ्यको लागि पनि निकै लाभदायक छ । विभिन्न अध्ययनले भुटेको लसुनले हामीलाई विभिन्न रोगहरुबाट बचाउन मद्धत गर्ने देखाएको छ ।

भुटेको लसुनले हामीलाई पुर्याउने फाइदाहरु यस प्रकार छन् :

१) पेटको समस्या कम: हरेक दिन भुटेको लसुन खानाले हाम्रो पेटमा ग्यास भरिदैन । यसले गर्दा हामीलाई ग्यास्ट्रिक जस्तो समस्याले सताउदैन । यसले खाना पचाउन मद्धत गर्ने भएकाले कब्जियतको समस्या देखी मुक्त हुन सकिन्छ ।

२) रोग प्रतिरोधात्मक क्षमता बढ्छ: हरेक दिन भुटेको लसुन खानाले हाम्रो शरीरको रोगसँग लड्ने क्षमता बढ्छ । यसमा पाइने एन्टी ब्याक्टेरियल तत्वले विभिन्न प्रकारका ब्याक्टेरियासँग लड्न मद्धत पुर्याउँछ ।

३) चिसोबाट बचाउँछ: तातो तेलमा लसुन पड्काएर शरीरमा लगाउनाले शरीरमा चिसो छिर्न पाउदैन । यसले गर्दा हामीलाई रुघाखोकी जस्तो समस्याले सताउदैन ।
४) दाँतको दुखाइ कम: यदी तपाई दाँत दुखेर हैरान हुनुहुन्छ भने दाँत दुखेको ठाउँमा भुटेको लसुन पिसेर लगाउनुहोस । तपाईलाई यसले निकै आराम दिन्छ ।

५) रक्त चाँप नियन्त्रण: विभिन्न अध्ययनले दैनिक भुटेको लसुन खाने व्यक्तिमा रक्तचाँप सन्तुलित रुपमा रहने देखाएको छ । त्यसका साथै यसले रगतलाई सफा राख्ने काम पनि गर्छ ।

६) हर्मोन ब्यालेन्स: भुटेको लसुन पुरुषको लागी निकै लाभदायक छ । यसमा पाइने एलिसिनले पुरुषको सेक्स हर्मोन सन्तुलित रुपमा राख्न मद्धत गर्छ ।

यदि तपाईँ निम्न ५ किसिमका मानिसहरूमा पर्नुहुन्छ भने, लसुनजस्तो स्वस्थवर्दक कुरा खाँदा विशेष ध्यान पुर्याउनुपर्ने हुन्छ।

लसुनको सेवन गर्न नहुने ५ किसिमका मानिसहरूः

१. कलेजोको समस्या भएको व्यक्ति

ब्याक्टेरियालाई मार्ने एन्टिब्याक्टेरियल र एन्टिभाइरल खानेकुरा भएकोले, मानिसहरूले लसुन खाँदा हेपाटाइटिसलाई ठीक गर्दछ भन्ने विश्वास गर्दछन्। हेपाटाइटिस यस्तो रोग हो, जसले मानिसको कलेजोलाई असर गर्दछ। तर, हेपाटाइटिस भाइरसको उपचारको लागि लसुन खानु उचित हुँदैन। किनभने, लसुनको सेवनले पेट र आन्द्रामा प्रत्यक्ष प्रभाव पर्दछ, जसले हाम्रो आन्द्रामा पैदा हुने ग्यास्ट्रिक एसिडको मात्रालाई कम गर्दछ। जसको कारण हाम्रो पाचन प्रणालीमा नकारात्मक असर पर्दछ। यसले बान्ता हुने, रिङ्गटा लाग्ने जस्ता लक्षणहरू निम्त्याउँदछ। त्यसैले हेपाटाइटिस हुनेहरूले लसुनको सेवन नगर्नुहोस्।

२. झाडापखाला लागेको व्यक्ति

झाडापखालाले ग्रसित भएको व्यक्तिले लसुनको सेवन गरेमा, यसको पीरो स्वादले आन्द्रालाई नकारात्मक असर पुर्याउँदछ, जसको कारण आन्द्रामा घाउ हुन जान्छ र यस्तो अवस्थालाई ‘इन्टेस्टाइनल म्युकोसल हाइपरिमिया’ भनिन्छ। यस्तो अवस्था हुँदा, दिशा गर्दा कडा पेट दुख्ने, दिशामा रगत देखिने, रिङ्गटा लाग्ने र बान्ता हुने जस्ता लक्षणहरू देखा पर्दछन्। त्यसैले, झाडापखाला लाग्दा लसुनको सेवन नगर्नुहोस्।

३. सर्जरी गर्न लागेको व्यक्ति

कुनै पनि किसिमको सर्जरी गर्नुभन्दा २ हप्ता अगाडि देखि लसुन खान छोड्नुपर्दछ। किनभने, लसुनले गर्दा सर्जरी पछि रगत नजम्ने हुन्छ र घाउ बिस्तारै पाकेर सङ्क्रमित हुने गर्दछ।

४. कम रक्तचाप भएको व्यक्ति

लसुनको सेवनले शरीरमा नाइट्रिक अक्साइड र हाइड्रोजन सल्फाइड जस्ता रसायनहरूको निर्माणमा मद्दत पुर्याउँदछ। यी रसायनहरूले मुटुको धमनीहरूलाई आराम दिने गर्दछन्। उच्च रक्तचाप हुनेहरूको लागि लसुन फाइदाजनक हुन्छ तर कम रक्तचाप हुनेहरूको लागि भने लसुनको सेवन खतरनाक हुन जान्छ

५. आँखा रोग भएको व्यक्ति

आँखा रोगीहरूले लसुनको सेवन गर्नुहुँदैन। विशेष गरी आँखा पाकेको व्यक्तिलाई लसुनले हानी पुर्याउने गर्दछ, साथै आँखाबाट रगत पनि निकाल्न सक्दछ। आँखा रोगीहरूले लसुनको सेवन गरेमा आँखामा बादल लागेजस्तो हुने, आँखा दुख्ने, टाउको दुख्ने, स्मरण शक्ति घट्दै जाने जस्ता लक्षणहरू देखा पर्दछन्।

त्यसैले, यदि तपाईँ पनि यी ५ किसिमका व्यक्तिहरूमा पर्नुहुन्छ भने आजैदेखि लसुनको सेवन गर्न छोडिदिनुहोस्। साधारण स्वास्थ्य स्थिती भएका व्यक्तिहरूको लागि लसुन फाइदाजनक भएपनि, माथिका ५ किसिमका मानिसहरूको लागि लसुन खतरनाक हुन सक्छ। तर यदि गल्तीले लसुनको सेवन गर्नुभयो र समस्या आउन थाल्यो भने तुरुन्तै स्वास्थ्य चौकी जानुहोस् र उपचार गराउनुहोस्।


Last Updated on: April 23rd, 2024 at 9:25 am
२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया