शनिबार २२ बैशाख २०८१

काठमाडौं । मंगलबार एकैदिन सुनको मूल्य प्रतितोला २७ सय रुपैयाँले घटेको छ ।सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँ कायम भएको छ । मंगलबार प्रतितोला २७ सय रुपैयाँले घटेर १ लाख ३५ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै मंगलबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३४ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ ।साथै मंगलबार चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले घटेर १६ सय ६० रुपैयाँ कायम भएको छ ।


Last Updated on: April 23rd, 2024 at 11:48 am
१९ पटक हेरिएको

तपाईको प्रतिक्रिया