शनिबार १२ साउन २०८१

निन्द्रा स्वास्थ्यको एक अभिन्न भाग हो । किनकि अनिन्द्राले रोग निम्त्याउँछ । जब राम्ररी निद्रा पर्दैन, काम गर्न जाँगर चल्दैन र शरीर भद्दा पनि हुन्छ ।

गहिरो निन्द्रा लिन नसक्नु एक शारीरिक तथा मानसिक जटिलता रहेको चिकित्सकहरू बताउँछन् । यसले थप रोग निम्त्याउने खतरा पनि रहन्छ ।

किशोर किशोरी, युवा, वयस्क, वृद्ध वृद्धाले औसत सातदेखि आठ घण्टा सुत्नु पर्ने चिकित्सकहरूको भनाइ छ । निन्द्राको समयमा सपना देख्नु एउटा सामान्य प्रक्रिया हो । सुत्दा वा राम्रो निन्द्राका लागि सहज ओछ्‌यान हुनु पर्छ ।

हामी धेरैलाई थाहा छ कि बुढापाकाले आफ्नो सिरानी मुनि चक्कु वा धारिलो हतियार राखेर सुत्ने गर्छन् । यस्तै साना बालबालिकाहरू सुताउने ओछ्यानको सिरानीमुनि यस्तै हतियार राख्ने गरेको पाइन्छ ।

यसरी सुत्दा सिरानीमुनि फलामको हतियार किन राखिन्छ भन्ने बारेमा आज हामी चर्चा गर्नेछौँ । वास्तुशास्त्र अनुसार कुनै मानिसले दैनिक निन्द्रामा डरलाग्दो सपना देखेमा राति सुत्दा आफ्नो सिरानी मुनि चक्कु, खुकुरी लगायतका हतियारहरू राख्नु उचित मानिएको छ ।

यसो गर्दा वास्तुको हिसाबले तपाईँ आफ्नो समस्याबाट छुट्कारा पाउन सफल सक्नु हुनेछ ।


Last Updated on: May 16th, 2024 at 3:06 pm
४१२ पटक हेरिएको

तपाईको प्रतिक्रिया