शनिबार १२ साउन २०८१

आधुनिक जीवनशैलीलाई अपनाउने चक्करमा यस्ता गल्ती गरिरहेका हुन्छौ, जसले बाँझोपनको समस्या ल्याउँछ । खानपान, शिफ्ट अनुसारको जागिर तथा रहनसहनमा आएको परिवर्तनका कारण जहाँ एकातिर हाम्रो जीवनको स्तर पहिलाको तुलनामा निकै ठूलो भएको छ, अर्कोतिर आधुनिकीकरणको परिणामस्वरुप पनि थुप्रै प्रकारका स्वास्थ समस्या बढेको छ ।

वास्तवमा युवाहरुमा बाँझोपनको समस्या आधुनिक जीवनशैलीमा गरिने केही आम गल्तिहरुको कारणले बढिरहेको छ।

१.खानपिनको गलत बानी

बाँझोपनको लागि सबैभन्दा धेरै जिम्मेवार भनेकै खानपिनको गलत बानीलाई मान्न सकिन्छ । कुबेलाको खाना खुवाइ, जंक फूड, फास्ट फूड खाने बानीकै कारण युवा अवस्थामै बाझोपनको समस्या बढिरहेको चिकित्सकहरुको भनाइ छ । फास्ट फूड तथा जंक फूड जस्ता खाद्यपदार्थमा हुने पेस्टीसाइडले शरीरमा हार्मोनको सन्तुलनलाई बिगार्छ, जसका कारण बाँझोपनको समस्या पैदा हुन्छ ।

२.तनाव

आधुनिक जीवनशैलीमा करिव–करिव हरेक व्यक्ति तनावबाट ग्रस्त छन् । कामको दवाव, प्रतिस्पर्धाको भावना, किस्ताको बोझ, जीवनशैलीलाई मेन्टेन गर्नका लागि हुने आर्थिक बोझ आदि त्यस्ता समस्याहरु हुन्, जसलाई हामी स्वयम्ले आफ्नै लागि तयार पारेका हौं । यी सबैका कारण अधिकांश युवाहरु तनावमा रहन थालेका छन् । यही कारण उनीहरु बाँझोपनको शिकार हुन थालेका छन् ।

३.ढिला विवाह

आज प्रगति र सफलताको चाहनामा महिला तथा पुरुषहरु कम उमेरमा विवाह गर्नै चाहँदैनन् । विवाहपछि पनि आर्थिक सुरक्षालाई कायम राख्दा–राख्दै उनीहरुले सन्तान जन्माउने बारेमा सोच्नै भ्याउँदैनन् अथवा त्यसबारेमा सोच्न धेरै समय लगाउँछन्। महिलाहरु समेत अचेल आत्मनिर्भर हुन थालेका छन् र उनीहरु कम उमेरमा बच्चा जन्माउन चाहँदैनन् ।

४.व्यायाम नगर्नु

कामको दवावका कारण व्यायामका लागि समय निकाल्न युवाहरुका लागि निकै ठूलो समस्या बन्दै गैरहेको छ । कल सेन्टर तथा सञ्चारमाध्यमको जागिरमा त समयको बाध्यता नहुनाले कामको दवाव र प्रतिस्पर्धा अझ बढ्छ ।

युवाहरुका लागि सन्तान जन्माउनु भन्दा महत्वपूर्ण कुरा प्रगति तथा भौतिक सुखसुविधाका लागि पैसा महत्वपूर्ण हुन थालेको छ। यही कारण जीवनको अधिकांश समय अफिसको काममै बितिरहेको हुन्छ । अफिसमा धेरै समयसम्म काम गरेपछि घर आउँदा श्रीमान्-श्रीमती नै थकित भैसकेका हुन्छन् । यस्तो बेला दुबैलाई शारीरिक सम्पर्क राख्ने चाहना समेत हुँदैन । यदि कामसंग–संगै शारीरिक व्यायामलाई समेत निरन्तरता दिने हो भने बाँझोपनबाट बच्न सकिन्छ ।

५.निद्रा पुरा नहुनु

निद्रा पुरा नहुने कारण पनि युवाहरुमा बाँझोपनको समस्या बढिरहेको छ । कामको बोझ र राती ढिलोसम्म पार्टी गर्ने कारणले युवा९युवतीहरु पर्याप्त निद्रा पुर्‍याउन पाउँदैनन्, जसका कारण हार्मोनमा असन्तुलन हुन्छ र बाँझोपनको समस्या बढ्छ । थुप्रै वटा अनुसन्धानहरुले पनि के कुरा पत्ता लगाएको छ भने निद्रा पुरा नहुने कारण हार्मोनको सन्तुलन बिग्रन्छ र बाँझोपनको समस्या देखिन्छ । त्यसैले नियमित रुपमाले कम्तिमा सातदेखि ९ घण्टा सुत्नु अनिवार्य छ ।

६.तौल बढ्नु

खानपानको गलत बानी, व्यहोरा र व्यस्त दिनचर्याका कारण व्यायामका लागि समय निकाल्न पाउँदैनौं । जसको कारणले हामी मोटाउन थाल्छौं । चिकित्सकहरुका अनुसार मोटोपना पनि बाँझोपनको एउटा ठूलो कारण हो । अधिक तौलले महिला तथा पुरुष दुबैको प्रजनन शक्तिलाई प्रभावित बनाउँछ । यसबाहेक जो महिलाहरुको तौल सामान्य भन्दा कम छ, उनीहरुमा पनि यो समस्या देखिन्छ ।

७.चुरोट र रक्सी

अचेलका युवाहरुमा रक्सी, चुरोट, कोकिन आदिको प्रयोग निकै सामान्य झैं भैसकेको छ । यी सबै नशालु पदार्थहरुको प्रयोगका कारणले युवक तथा युवती दुबैमा बाँझोपनको समस्या देखिन थाल्छ । यी पदार्थको अत्यधिक सेवनका कारण पुरुषको विर्य तथा महिलाको डिम्बको गुणस्तरमै हृास आउँछ ।

८.स्वास्थ्य समस्याहरु

हाइपरटेन्सन तथा उच्च रक्तचाप जस्ता समस्याहरु, जसलाई कुनै बेला बृद्ध, वृद्धालाई लाग्ने रोग भनिन्थ्यो, आज युवापुस्तामा समेत सामान्य हुन थालेको छ । यसको प्रभावले युवापुस्ताको यौन जीवनलाई नकारात्मक प्रभाव पारेको छ । सानै उमेरदेखि कम्प्युटर तथा ल्यापटपमा बस्नु सामान्य भैसकेको छ । यीनै बानीहरु समेत बाँझोपनको कारण बनिरहेका छन् ।

९.बाँझोपनको उपचार

असिस्टेड रि–प्रोडक्टिभ प्रविध अर्थात आईविएफको माध्यमबाट तपाईको आमा बन्ने सपना पुरा हुनसक्छ । तर, त्यस्तो स्थितमा डोनरको सहयोग लिनु पर्ने हुन्छ । त्यसलै, चिकित्सकहरु के सल्लाह दिन्छन् भने यदि तपाईंले स्वस्थ जीवनशैली अपनाउनु भयो भने बाँझोपनको समस्याबाट बच्नु हुनेछ ।


Last Updated on: May 17th, 2024 at 7:05 pm
३९० पटक हेरिएको

तपाईको प्रतिक्रिया