शनिबार १२ साउन २०८१

काठमाडौँ । काठमाडौँको दक्षिणकाली नगरपालिका-८ केराबारीको खोँचमा २ जनाको शव भेटिएको छ । प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीका अनुसार फेला परेको शव एक जना महिला र अर्को पुरुषको रहेको छ ।

नजिकै बागमती प्रदेश–००२ च–०२७ च ३८१२ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको प्रहरीले जनाएको छ । अप्ठ्यारो खोँच भेटिएका शव प्रहरीको टोलीले निकाल्दै छ ।स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।


Last Updated on: June 6th, 2024 at 10:27 am
५९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया