शनिबार १२ साउन २०८१

काठमाडौं: नेपाली सेनाका एक जना पूर्व जर्नेलमाथि बलात्कारको आरोप लागेको छ।केही समयअघि मात्र अवकाश पाएका जर्नेल ईश्वरकुमार श्रेष्ठमाथि सो आरोप लागेको हो।

श्रेष्ठले आफूमाथि पटकपटक जबरजस्ती करणी गरेको भन्दै पीडित उमादेवी खत्रीले प्रहरीमा जाहेरी पनि दिएको बताइएको छ। उनले जिल्ला प्रहरी परिसर, टेकुमा जाहेरी दिएको लामो समय बितिसक्दासमेत प्रहरीले उनलाई कारबाही नगरेको बताइन्।

यस्तै उनले प्रहरी र जर्नेलविरुद्ध आज रिपोर्टर्स क्लबमा दिउँसो २ बजेदेखि पत्रकार सम्मेलन गर्ने पनि जनाएकी छन्।

जर्नेल श्रेष्ठले कलाकार एवं निर्माण व्यवसायी खत्रीलाई अभिभावकत्व निर्वाह गर्ने भनेर शारीरिक सम्बन्ध राख्दै छोडेको बुझिएको छ। जर्नेलले गत कात्तिकमा उनले अन्तिम पटक जबरजस्ती करणी गरेको उनले बताएकी छन्।


Last Updated on: June 9th, 2024 at 1:42 pm
५७० पटक हेरिएको

तपाईको प्रतिक्रिया