शनिबार १२ साउन २०८१

२८ जेठ,काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबार दिउँसो आधा घण्टा बन्द हुने भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले एक सुचना जारी गर्दै दिउँसो १ बजेदेखि साढे १ बजेसम्मका लागि विमानस्थल बन्द गर्न लागिएको बताएको हो ।

कार्यालयका अनुसार अपराह्न १ः०० बजे हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बद्ध विभिन्न निकायहरूको सहभागितामा विमानस्थल सङ्कटकालीन योजना अनुसार गरिने विभिन्न अभ्यासहरू मध्ये ब्भिचत ढ।घ।ज्ञ (विमानस्थलमा विमान दुर्घटना) सम्बन्धी पूर्णकालीन अभ्यास हुनेछ ।

‘अभ्यासको क्रममा स्थानीय समय १३ः०० देखि १३ः३० बजे सम्म यस विमानस्थलको अपरेसन बन्द हुने भएकोले नियमित उडान अवतरण प्रभावित हुन सक्नेछन्,’ सूचनामा भनिएको छ, ‘यो विमानस्थल सङ्कटकालीन योजनाको अभ्यास गर्नु पर्ने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को मापदण्ड तथा यस विमानस्थलको एयरपोर्ट इमर्जेन्सी प्लानअनुसार गरिने योजनाबद्ध अभ्यास भएको ब्यहोरा सर्वसाधारण तथा खास गरी विमानस्थल वरिपरिका बासिन्दाहरूलाई सुसूचित गराउन चाहन्छौँ ।’


Last Updated on: June 10th, 2024 at 10:09 am
४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया