शुक्रबार ०२ कार्तिक २०८१

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।

एयरलाइन्सका प्राविधिक मनुराज शर्मा उनकी श्रीमती प्रिजा खतिवडा र उनीहरूका छोरा अधिराज शर्माको मृत्यु भएको हो। प्रिजा ऊर्जा मन्त्रालयमा काम गर्थिन्। जहाजमा रहेका सबै सौर्य एयरलाइन्सकै कर्मचारी भने पनि केही परिवारका सदस्य पनि रहेको खुलेको छ।

प्रिजाका श्रीमान मनुराजले आफू जहाज मर्मतका लागि पोखरा जाने भएपछि श्रीमती र छोरालाई पनि सँगै पोखरा लगेका थिए । पोखरामा केही दिन घुमेर फर्किने योजना उनीहरुको रहेको थियो । तर विमान दुर्घटनामा तीनै जनाको निधन भएको हो । प्रिजा नेकपा एकीकृत समाजवादीको प्रचार विभागका सचिव एवं नेपाल पत्रकार सहासंघ सप्तरीका पूर्व अध्यक्ष प्रकाश खतिवडाकी छोरी हुन् ।

उक्त विमानमा सवार उनीहरुसहित १८ जनाको निधन भएको छ । विमानका पाइलट मनिषरत्न शाक्यको भने घाइते अवस्थामा उद्धार गरी अहिले केएमसीमा उपचार भइरहेको छ ।


Last Updated on: July 25th, 2024 at 7:45 am
८९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया