मंगलबार ०१ आश्विन २०८१

अगस्ट २२, कुवेत। गत शुक्रबार ९ अगस्टका दिन कुवेतको जाहारामा सडक पार गर्ने क्रममा कुवेती नागरिकले चलाएको गाडीले ठक्कर दिदा एक नेपाली महिला कामदारको मृत्यु भएको छ।

काभ्रे तेमाल घर भई कुवेतमा सारा प्लाजा कम्पनीमा कार्यरत २३ वर्षिया पास पोर्ट नम्बर ( ११५४९३५८ ) भएकी अन्जली घिसिङ्को गत ९ तारिकमा सडक दुर्घटनामा परि न्यु जहारा अस्पतालमा उपचारको क्रममा डाक्टरद्वारा १२ अगस्टमा ब्रेन डेथको घोसना गरेका थिए । त्यस पछि कोमामा उपचार गर्ने क्रममा मृत्युको घोसना गरिएको हो । अन्जली लगभग डेढ साल अघि मात्र कुवेत आएकी थिइन् ।
सोही सडक दुर्घटनामा परि घाइते भएकी ऋतु साहीको भने न्यु जहारा अस्पतालमा उपचाररथ छिन ।

मृतक घिसिंगको शबलाई २४ अगस्टका दिन एअर अरबिया मार्फत नेपाल पठाउन सम्पूर्ण तयारी भै सकेको नेपाली राजदूतावास श्रोतले परदेशी खबरलाई बताएको छ ।


Last Updated on: August 23rd, 2024 at 11:51 am
४८७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया