शुक्रबार ०२ कार्तिक २०८१

काठमाडौं । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–२ चाल्ने चौतारामा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सुर्खेतदेखि चामुण्डा बिन्द्रासैनिको चाल्ने चौतारातर्फ जाँदै गरेको क.प्र.०२००१ ख०९०६ नम्बरको यात्रुवाहक एसएमएल गाडी गए राती करिब ९ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी सुनिल दाहालले जानकारी दिए ।

डिएसपी दाहालका अनुसार उकालोमा जाँदा टायरले सिलिप खाई अनियन्त्रित भई गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा परी मृत्यु हुनेमा चामुण्डा बिन्द्रासैनी नगरपालिका– १ सिंहासैन बस्ने खम्म बहादुर बढुाका २२ वर्षीय छोरा प्रकाश बुढा रहेका छन् ।

गाडीमा २३ जना सवार रहेका थिए । अन्य यात्रु भने सकुसल रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । गाडी चिपिलिएर पल्टिएपछि प्रकाश बुढा उक्त गाडीमा च्यापीएका थिए । च्यापिएर गम्भीर घाइते भएका उनलाई उपचारको लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याउन लागिएकोमा दुल्लू नगरपालिका– २ रातामाटाबाट फर्काएर दुल्लु अस्पताल दैलेखमा लगिएको थियो ।

अस्पतालमा डाक्टरले चकजाँच गर्दा उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतक बुढाको शव पोष्टमार्टमको लागि दुल्लु अस्पतालको शव गृहमा राखिएको छ ।

गाडी र सुर्खेतको विरेन्द्रनगर नगरपालिका– २ भुलेरी बस्ने २८ वर्षीय गाडी चालक राजेन्द्र बुढालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।


Last Updated on: October 8th, 2024 at 2:22 pm
४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया