बुधबार ३० माघ २०८१

काठमाडौं : भारतीय गायक सोनु निगम लाइभ कन्सर्टको क्रममा अस्वस्थ भएका छन्। भारतको पुणेमा कन्सर्ट गर्दै गर्दा उनको स्वास्थ्यमा समस्या आएको हो।

गीत गाइरहेको बेला ढाडमा दुखाई सुरू भएको तरपनि आफूले उक्त कन्सर्ट पूरा गरेको सोनुले सामाजिक सञ्जालमार्फत् जनाएका छन्।

एक तस्बिर सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘म गीत गाइरहेको थिएँ र साथै हलिदै थिएँ। जसको कारण मेरो ढाडमा दुखाई सुरू भयो। यसपछि मैले आफूलाई केही गरी सम्हालें। किनकी म दर्शकको आशा तोड्न चाहन्न थिएँ। त्यसैले मैले आफ्नो कन्सर्ट पूरा गरें।’

उनले यो पोस्ट राखेपछि उनका फ्यानले स्वास्थ्य लाभको काम गरिरहेका छन्।


Last Updated on: February 3rd, 2025 at 7:05 pm
९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया

Design