बुधबार ३० माघ २०८१

रौतहट : सरस्वतीको मूर्ति सेलाउने क्रममा बागमती नदीमा डुब्दा एक युवकको मृत्यु भएको छ। रौतहटको राजदेवी नगरपालिका-६ मा रहेको वाग्मती नदीमा सरस्वती पूजाको मूर्ति विर्सजन गर्ने क्रममा राजदेवी-७ मुडवलवाका २२ वर्षीय सुरज यादवको डुबेर बेपता भएका थिए।

मूर्ति सेलाउने क्रममा नदीमा डुबेर बेपता भएका यादवको मंगलबारदेखि नै सुरक्षाकर्मी र स्थानीयले खोजी गरेका थिए। उनको शव आज बिहान उनी डुबेकै स्थानमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दिपककुमार रायले बताए।

पानीमुनि रहेको उनको शवलाई माछा मार्ने जाल प्रयोग गरेर निकालिएको थियो। मृतकको शवलाई पोष्टमार्टमपछि परिवारजनको जिम्मा लगाइएको छ।


Last Updated on: February 5th, 2025 at 2:57 pm
५६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया

Design