
काठमाडौं : आइतबार छापावाल सुनको १ सय रूपैयाँले बढेको छ ।
शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार १ सय रूपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले बढेर १ लाख ६८ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार चाँदीको मूल्य प्रतितोला १९ सय ८५ रुपैयाँ कायम भएकोमा आज २५ रूपैयाँले घटेर १९ सय ६० रूपैयाँ कायम भएको छ ।