शनिबार २९ चैत्र २०८१

नारायणगढबाट काठमाडौँतर्फ जाँदै गर्दा त्रिशूली नदीमा बेपत्ता भएका मोटरसाइकल चालकको पहिचान खुलेको छ। मोटरसाइकल सडकको छेउको डिभाइडरमा ठोक्किएर त्रिशूली नदीमा पुगेका मोटरसाइकल चालकको पर्स भीरमा फेला परेपछि प्रारम्भिक अवस्थामा उनको पहिचान खुलेको हो।

चितवन प्रहरीका अनुसार बेपत्ता चालकको पर्समा भेटिएको कागजातका अनुसार उनी भारतीय सेनामा कार्यरत गोर्खा राइफल म्यानु रहेको पुष्टि भएको छ।

उनको पर्समा फेला परेको भारतीय र कार्डअनुसार उनी लम्जुङ घर भएका २७ वर्षीय रोहित राना हुन्। शुक्रबार ९आज० बिहान ११ः३० बजेतिर नारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गत पर्ने चट्टाने भीर भन्ने स्थानबाट नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेको मोटरसाइकल चालक राना सडकबाट अन्दाजी १५० मिटर तल त्रिशूली नदीमा खसेका हुन्।

राना सवार बागमती प्रदेश ०६–०२ प ९२०४ नम्बरको रोयल इन्फिल्ड बाइक भने सडकमै रहेको प्रहरीले जनाएको छ। बेपत्ता उनको खोजीकार्य जारी रहेको चितवन प्रहरीले जनाएको छ।


Last Updated on: February 14th, 2025 at 1:45 pm
२१९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया

Design