
पोखरा ।
पोखरामा केटीको फेक आइडि खोलेर युके लैजान्छु भनी पैसा ठगी गर्ने २ जना पक्राउ परेका छन ।
फेसबुकमा Neyha Gurung नाम गरेको फेक आइडी मार्फत साथी बनाइ विभिन्न प्रलोभन देखाइ डिपन्डेन्ट भिषामा युके लैजान्छु भनी ६ लाख एकहजार नौ सय पचपन्न रुपैया ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेमा काभ्रेपलान्चोक चौडी देउराली गाउपालिका वडा नं. ७ स्थायी घर भई हाल काठमाण्डौ,सोह्रखुट्टे बस्ने १९ बर्षीय मनिष भुजेल र काभ्रेपलान्चोक जिल्ला भुम्लु गाउपालिका वडा नं. ४ बस्ने २१ बर्षीय निशान पहारीलाई रहेका छन ।
उनिहरुलाइ कास्की जिल्ला अदालतबाट ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूर मुद्धाका ५ दिनको म्याद थपिएको छ ।