बिहिबार ०६ चैत्र २०८१

अभिनेत्री पूजा शर्मा धेरै गाडी फेर्ने अभिनेत्रीमध्ये पर्छिन् ।

सोमबार उनले ७५ लाख रुपैयाँ मूल्य पर्ने एलएस अटो ब्राण्डको विद्युतीय कार किनिन् । आफू यो गाडी किन्ने नेपालकै पहिलो ग्राहक भएको उनको भनाइ छ ।

सुरक्षित र आरामदायी भएकाले यो ईभी गाडी किनेको पूजाले बताएकी छन् । हुन त उनी धेरै गाडी फेर्ने कलाकारमध्ये पर्छिन् ।

नयाँ गाडी उनको चौंथो हो । २१ वर्षदेखि नै गाडी हाँक्न थालेको बताउने उनले यसअघि हुन्डाई र फर्ड ब्राण्डका कार चलाइसकेकी छन् ।


Last Updated on: March 5th, 2025 at 2:17 pm
३१६ पटक हेरिएको

तपाईको प्रतिक्रिया

Design