शनिबार १२ साउन २०८१

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । निगमले शनिबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ३ रुपैयाँका दरले घटाएको हो ।

इन्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त नयाँ खरीद मूल्य अनुसार पेट्रोल तथा डिजेलको मूल्य क्रमश: ३.०७ र ३.१६ रुपैयाँ घटेर आएकाले निगम सञ्चालक समितिको निर्णयअनुसार मूल्य घटाइएको निगमले शुक्रवार (आज) जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यससँगै तेस्रो वर्ग (काठमाडौं, पोखरा र दिपायल)मा पेट्रेलको भाउ प्रतिलिटर १६७ रुपैयाँ कायम भएको छ । यसअघि यी स्थानमा पेट्रोलको भाउ प्रतिलिटर १७० रुपैयाँ थियो । यी स्थानमा एक लिटर डिजेल र मट्टितेल किन्न भने १५७ रुपैयाँ तिर्नुपर्नेछ । यसअघि यी स्थानमा एक लिटर डिजेल र मट्टितेल किन्न १६० रुपैयाँ तिर्नुपर्थ्यो । अब पहिलो र दोस्रो वर्गमा भने पेट्रोलको भाउ क्रमश: १६४.५० र १६६ रुपैयाँ कायम भएको छ ।


Last Updated on: December 16th, 2023 at 10:15 pm
४२० पटक हेरिएको

तपाईको प्रतिक्रिया