धनगढी: रुसी सेनामा कार्यरत कैलालीको टीकापुरका भरत शाहको मृत्यु भएको छ। रुस–युक्रेन युद्धमा परि रुसी सेनामा उनीसँगै भर्ना भएका अर्का व्यक्तिको भने अवस्था अज्ञात रहेको छ।
मृतक र हराएका दुवै जनाको पहाड घर अछामको बान्नीगढी जयगढ गाउँपालिका–६ दर्ना हो। सन् २०२२ फेब्रुअरी २४ का दिन रुसले युक्रेनमाथि आक्रमण गरेको थियो। त्यसदिनबाट सुरु भएको रुस–युक्रेन युद्ध हालसम्म जारी छ।