शनिबार १२ साउन २०८१

काठमाडौं– बलात्कार कसुरमा जेलमा रहेका व्यक्तिलाई अदालतको सेटिङमार्फत छुटाउछु भनेर रकम लिएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ घर भएका ३७ वर्षीय दावा दोर्जे लामा छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार बौद्धबाट पक्राउ गरेको हो।

उनले बलात्कार कसुरमा केन्द्रीय कारागार सुन्धारामा रहेका कैदीलाई छुटाइदिन्छु भन्दै पाँच लाख रुपैयाँ लिएर ठगी गरेका थिए। वकिल र अदालतमा मिलाउन रकम लाग्छ भन्दै पटकपटक ५ लाख रुपैयाँ दावाले लिएर ठगी गरेको पीडित पक्षको भनाइ छ।


Last Updated on: December 17th, 2023 at 6:30 pm
४२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया