शनिबार १२ साउन २०८१

प्रहरीले बलात्कार आरोपमा गोरखाका माओवादी नेता भूमिनन्द देवकोटालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं महानगरपालिका ३२ मा बस्दै आएका गोरखाका ६५ वर्षीय देवकोटालाई पक्राउ गरेको हो ।

प्रहरी वृत्त बानेश्वरमा परेको जाहेरीका आधारमा देवकोटालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । देवकोटाको घरमा पहिले बसेकी १७ वर्षीया किशोरीले प्रहरी कहाँ देवाकोटाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।

देवकोटाले आफ्नै संरक्षणमा राखेर एक वर्षदेखि जबरजस्ती करणी गर्दै आएको जाहेरीमा भनिएको छ । पछिल्लो समय २६ भदौ २०८० मा उनले करणी गरेको जाहेरीमा उल्लेख छ । सोही किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पेप्सिकोला बस्ने २७ वर्षीय दिपेश नेपालीलाई पनि पक्राउ गरेको छ ।

देवकोटा र नेपालीले फरकफरक समयमा बलात्कार गरेको छुट्टाछुट्टै जाहेरी परेको छ। जिल्ला अदालत, काठमाडौंबाट दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिएर छानबिन भइरहेको प्रहरीले जनाएको छ ।


Last Updated on: December 17th, 2023 at 7:11 pm
७०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया