शनिबार १२ साउन २०८१

काठमाडौं महानगरपालिकाका प्रमुख मेयर बालेन्द्र शाह (बालेन)ले आफ्नो कुरा सुन्दै नसुनेर हिँडेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आक्रोश व्यक्त गरेका छन् । ललितपुर महानगरको स्थापना दिवसको अवसरमा सोमवार आयोजित कार्यक्रममा प्रमुख अतिथि रहेका प्रचण्डको कुरा नसुनी बालेन हिँडेका थिए ।

पहिला बोल्ने र प्रमुख अतिथिको कुरा नसुन्नेसँग आफूलाई ‘इरिटेसन’ हुने प्रचण्डले बताए । ‘बालेन्द्रजी हिँड्नुभयो, पहिला बोलेर हिड्नेसँग अलिअलि इरिटेसन हु्न्छ, आफैंले भन्ने कुरा भनिहाल्ने, तर त्यसको जवाफ सुन्न बस्दै नबस्ने गर्नु हुँदैन । बस्नुपर्छ, प्रमुख अतिथिले बोल्ने समयसम्म बस्नु पर्छ’ प्रचण्डले भने ।

सम्बोधनका क्रममा बालेनले बागमतीमा अतिक्रमण गरेर बसेका सुकुम्बासी समस्या समाधान तथा उपत्यकाको फोहोर समाधानमा सरकारले सहयोग नगरेको आरोप लगाएका थिए । ‘बागमतीमा बसेको हस्तक्षेपको कुरा होस्, या तीनकुनेको कुरालाई होस् या फोहर व्यवस्थापनको विषय । कतिपटक सिंहदरबारमा बैठक भयो ? अहिलेको प्रधानमन्त्री जस्तो सहयोगी कोही छ ? काठमाडौंको मेयर हुनुको नाताले तपाईले पहल गर्नुपर्ने होइन ?’ प्रचण्डले बालेनसँग सोधे, ‘मैले सहयोग गर्छु भनेकोलाई रिकक्नाइज्ज गर्न के ले रोक्यो ?’


Last Updated on: December 18th, 2023 at 1:06 pm
१३७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया