शनिबार १५ बैशाख २०८१

काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको एकपछि अर्को चलचित्र रिलिजको तयारीमा छ । यसै क्रममा यी दुईको मुख्य भूमिका रहेको नयाँ चलचित्र ’मनसरा’ तयार भएको छ । यो चलचित्रलाई आगामी नयाँ वर्षको अबसर पारेर वैशाख २१ मा रिलिज गर्ने घोषणा गर्दै यसको फस्ट लुक्स (पोस्टर) सार्वजनिक गरिएको छ ।

‘जारी’ निर्देशक उपेन्द्र सुब्बा यसका निर्देशक हुन् । निर्देशक उपेन्द्र सुब्बाले नै यो चलचित्र लेखेका हुन् । दयाहाङ र मिरुनाको जारीका सफलताबाट उत्साहित भएका निर्देशक उपेन्द्रलाई यही जोडीलाई लिएर फिल्म मनसरा तयार गरेका हुन् ।

सनेमामा मिरुना र दयाहाङसँगै प्रविण खतिवडा, मेनुका प्रधान, हेमन्त बुढाथोकीलगायतको मुख्य भूमिका रहेको छ । निर्माण कम्पनी कबड्डी फिल्मस्ले अभिनेत्री मिरुनाको एकल पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो ।

सिनेमामा निमेश श्रेष्ठको समपादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ । जसमा मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन छ ।

सिनेमाका निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की हुन् । यस्तै अन्य निर्मातामा विष्ण कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ हुन् । – यो समाचार राजधानी दैनिकमा प्रकाशित छ


Last Updated on: December 18th, 2023 at 1:42 pm
४६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया