शनिबार १२ साउन २०८१

काठमाडौँ । हामीले चलचित्रहरूमा एलियनलाई देखिरहेका हुन्छौँ । चलचित्र मात्रै नभएर कहिलेकाहिँ एलियन आएको वा आउने भन्ने हल्लाहरू समेत सुनिन्छ । के साँच्चै एलियन आउला त ? तपाई हाम्रो दिमागमा यो प्रश्न खेलिरहेको हुन्छ । एलियन आउँछ वा आउँदैन भन्ने प्रश्नको जवाफ भने हामीले पाएका छैनौँ ।

केही सन्देश दिने प्रयोजनका लागि एलियनको भेषमा भने मानिसहरू देखिने गर्छन् । उनीहरूले मानिसहरूलाई आफूतिर आकर्षित गर्दै केही न केही कार्यक्रम गरिरहेका हुन्छन् ।

हिजोआज काठमाडौं उपत्यकाको मुख्य सहरहरूमा एलियन भेषमा केही मानिसहरू देखिन थालेका छन् ।
वसन्तपुर, पाटन, बानेश्वर, बौद्ध, कुमारीपाटी लगायत मुख्य चोकहरूमा देखिने ती एलियन भेषका मानिसहरूले कहिले केही खाइरहेका देखिन्छन् भने कहिले हातेब्यागमा सामान बोकिरहेको देख्न सकिन्छ । उनीहरूलाई स्थानीय तथा सर्वसाधारणहरूले निकै उत्सुकताका साथ हेरिरहेको दृश्य समेत देखिन थालेको छ ।

एलियन मुकुटधारीसँग सेल्फी खिच्नका लागि सर्वसाधारणहरू निकै उत्सुक देखिएका छन् । उनीहरूले पनि अनौँठा क्रियाकलाप गरी मानिसहरूलाई आफूतिर आकर्षित गरिरहेको देख्न सकिन्छ ।

उनीहरूको हातमा पठाओ नेपाल अंकित झोला भेटिन्छ । उनीहरूले पठाओको लोगो अंकित कपडा लगाएका छन् । एलियनलाई देखेको भन्दै विभिन्न सामाजिक सञ्जालमा समेत उनीहरूसँग खिचेको सेल्फी र भिडियो देख्न सकिन्छ ।

सामाजिक सञ्जालमा कतिपयले यसलाई पठाओेले पक्कै केही नयाँ गर्दै छ भनेर अनुमान समेत गरेका छन् ।

पठाओको नेपालको मार्केटिङ हेड सुरक्षा हमालले यसबारेमा आफूहरुले १९ डिसेम्बरमा सबै जानकारी दिन सकिने बताइन् ।


Last Updated on: December 18th, 2023 at 1:59 pm
१७२२ पटक हेरिएको

तपाईको प्रतिक्रिया