शनिबार १२ साउन २०८१

काठमाडौं । आज नेपाली सुनचाँदी बजारमा मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार ८०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १४ सय ५०रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


Last Updated on: December 19th, 2023 at 11:49 am
९४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया