शनिबार १२ साउन २०८१

म्याग्दीको बेनी नगरपालिका-१०, पात्लेखेतकी हड्डीको क्यान्सर पीडित २० बर्षिया मनिषा पाईजा (मोनिका) को उपचारमा सहयोगको याचना गरिएको छ । राजिव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टरमा उपचार गराइरहेका पाईजाको उपचारमा आर्थिक समस्या भएको हो ।

चौथो चरणको हड्डीको क्यान्सर विरुद्ध संघर्ष गरिरहेकी नर्स पाइजाको परिवारको आर्थिक अवस्था कमजोर भएपछि थप उपचारका लागि बुबा ओमबहादुर पाइजाले सहयोगका लागि अपिल गर्नुभएको छ ।

‘चन्दा उठाएर भएपनि छोरीलाई नयाँ जिवन सबैलाई अनुरोध गर्दछु,‘महंगो खर्च धान्नै नसक्ने भएपछि सबैको साथ खोजेको छु’ओमराजले भन्नुभयो। हड्डीमा समस्या देखिएपछि उपचारको क्रममा चिकित्सकले क्यान्सरको पुष्टी गरेपछि घरपरिवारले गर्न सक्ने आर्थिक खर्च गर्दा समेत अपुग भएपछि सहयोग जुटाउने अभियान सुरु गरिएको घारसुन्न लालिगुराँस यूवा क्लवले जनाएको छ ।

आर्थिक अवस्था कमजोर रहेको अवस्थामा उपचार समेत महंगो भएपछि स्वदेश तथा विदेशमा रहेका स्थानीयबासीबाट सहयोग अभियान सञ्चालन गरिएको छ । पीडित पाइजा स्वास्थ्य क्षेत्रमै कार्यरत रहेको अवस्थामा उपचारपछि पुनः बिरामीको हेरचाहमा लाग्ने चाहनालाई सबैले मिलेर पूरा गर्न स्थानीय समुदायले समेत अपिल गरेका छन् ।


Last Updated on: December 19th, 2023 at 12:15 pm
१६७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया