शनिबार १२ साउन २०८१

दाङ : कानून व्यवसायी पुरुषलाई ‘हनी ट्रयाप’मा पारेर पैसा असुलेको अभियोगमा धरौटीमा छुटेका घोराहीका तीन महिलालाई दाङ जिल्ला अदालतले कैद र जरिवानाको फैसला सुनाएको छ । दाङका तत्कालीन प्रहरी प्रमुख,सुरेश काफ्लेले ‘हनी ट्रयाप’मा पारेर पैसा असुलेको अभियोगमा तीनजना महीलालाई मुद्दा चलाएका थिए । होटेलमा खाजा खान बोलाएर बलात्कारको मुद्दा हाल्ने धम्की दिइ १८ लाख असुल्ने तीन महिलालाई दाङ जिल्ला अदालतले जनही डेढ वर्ष कैद र जरीवाना गर्ने फैसला गरेको अदालतका तहसिलदार निरञ्जनबाबु पाण्डेले बताए ।

जिल्ला न्यायाधीश जगतबहादुर पौडेलको एकल इजलासले कानून व्यवसायीबाट १ लाख नगद र १७ लाख चेक बुझेका घोराही–१५ का ३२ वर्षीया सीतादेवी थापा १५ हजार रुपैँया, ३५ वर्षीया खुमा वली र ३२ वर्षीया सुष्मा परियारलाई कैदसहित जनही १० हजार रुपैयाँ जरिवाना गर्ने अदालतले फैसला गरेको अदालतका स्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिए । हाल बारा जिल्लामा प्रहरी प्रमुख रहेका एसपी काफ्लेले ‘हनी ट्रयाप’मा संलग्नलाई कानूनी दायरामा ल्याई अदालतले फैसला सुनाएकोमा धन्यवाद दिए ।

उनीहरुले सुरुमा ५० लाख रुपैयाँको बार्गेनिङ गरेको र अन्तिममा १८ लाखमा कुरा मिलाएको यसअघि प्रहरी अनुसन्धानबाट खुलेको थियो । ती महिलाबाट १७ लाखको चेक पनि प्रहरीले बरामद गरेको थियो ।उनीहरुविरुद्ध मुलुकी अपराध संहिता २०७४ को ठगी, आपराधिक विश्वासघात कसुरको दफा २५३ को उपदफा १ र २ बमोजिम कसूर गरेको अभियोगमा मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान गरेर सरकारी वकिलमार्फत अदालतमा मुद्दा चलेको थियो ।

उपदफा ३ ‘ख बमोजिम कसैको व्यवसायमा गैरकानूनी तरिकाले कुनै क्षति पुर्याउने वा चरित्रमा झुटो दोष लगाउने नियतले डरत्रास देखाइ आपराधिक लाभ लिएमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको कानूनी प्रावधान छ ।


Last Updated on: December 19th, 2023 at 5:37 pm
६९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया