शनिबार १५ बैशाख २०८१

काठमाडौं । सामाजिक संजालमा भाइरल भईरहेको यो भिडिओमा अभिनेता पल शाहको अंगालोमा बाँधिएर यि दुई किशोरी डाँको छोडेर रोईरहेका छन् । उनीहरुले पललाई भेट्दा आफूलाई सम्हाल्न सकेनन्, भेट्नै वित्तिकै डाँको छोडेर रुन पुगे ।

भिडिओमा देखिएअनुसार डाँकै छाडेर रुने ति किशोरीहरुलाई पलले आफ्नो अंगालोमा लिएर केही समय थुम्थुम्याए पनि । भिडियोमा उनीहरूको आवाज नसुनिएकाले किन रोएका हुन् भन्ने एकिन बुझ्न सकिएको छैन ।

अभिनेता पल शाह गत शनिवार धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सवमा भाग लिन पुगेकना थिए । त्यहाँ उनलाई हेर्न लाखौँको संख्यामा दर्शकहरू टिकट काटेर पुगेका थिए । गत २२ गते सुरु भएको सुदूरपश्चिम महोत्सवको नवौँ दिन पल शाहसहित चर्चित कलाकारहरू गएका थिए । तर, अरु कलाकारप्रति भन्दा पल साहलाई हेर्नेहरुको ठूलै भीड लाग्यो । त्यस दिन दिन अहिलेसम्मकै सबैभन्दा ठूलो भिड लाग्यो । आयोजकका अनुसार त्यस दिन एक लाख २० हजारले टिकट नै काटेर महोत्सवमा भाग लिए ।

आम दर्शकलाई १०० रुपैयाँको टिकट राखिएको थियो भने विद्यार्थीहरूलाई ५० प्रतिशत छुट थियो । शनिवार आएकामध्ये अधिकांश विद्यार्थीहरू नै थिए । ५० रुपैयाँका दरले हिसाब गर्दा पनि एकै दिन ६० लाखभन्दा बढी संकलन भएको छ । त्यस क्रममा फ्यानहरू स्टेज उक्लिएर पलसँग फोटो भिडियो खिचेका थिए । तीमध्ये दुई किशोरीहरूको भिडिओ भने अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

प्रमोद खरेल, अस्मिता अधिकारी, शान्ति श्री परियार, अनु चौधरीजस्ता थुप्रै नाम चलेका कलाकारहरू उपस्थित महोत्सवमा मुख्य आकर्षण चाहिँ पल शाह नै भए । दर्शकमा उनको गज्जब क्रेज देखियो । पल स्टेजमा आउँदा दर्शकले व्यापक हुटिङ गरेका थिए । पलले दर्शकलाई केही बेर सम्बोधन गरे भने तीन वटा गीतमा डान्स पनि देखाए । करिब आधा घण्टा उनले दर्शकलाई ईंगेज गरेका थिए ।


Last Updated on: December 19th, 2023 at 5:53 pm
६३३ पटक हेरिएको

तपाईको प्रतिक्रिया